शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – नेपाल पुलिस क्लबले सडेन डेथमा संकटा क्लबलाई हराएर उन्नाइसौँ बुढासुब्बा गोल्ड कपको उपाधी जितेको छ । पुलिसले चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधी जितको हो । धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा खेलको २८ औँ मिनेटमा संकटाका राज पौडेलले गोल गरेर अग्रता दिलाएका थिए ।

८० औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पुलिसका जुमानु राईले खेल बराबरी गरे । निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलमा पहिलो अग्रता लिएपनि त्यसलाई जोगाउन नसकेको संकटा टाइब्रेकरमा पराजित भयो ।  धरान फुटबल क्लबलाई हराएर पुलिस र रुपन्देही ११ लाई हराएर संकटा फाइनलमा पुगेका हुन् । जितसँगै पुलिसले ५ लाख रुपैयाँ र उपविजेता संकटाले २ लाख ५० हजार रपैयाँ पुरस्कार पाए ।

संकटाले यो सिजनमा विकास रनिङ सिल्ड नारायणगढ र सिमरा गोल्डकपको उपाधि जितेको थियो । आजको उपाधी जितेर ह्याट्रिक गर्ने संकटाको सपना पूरा हुन पाएन । ५ वटा नकआउट खेलमा सहभागी भएको पुलिसको भने बुढासुब्बा गोल्ड कपको उपाधी नै यो वर्षको पहिलो उपाधी हो ।  बुढासुब्बा गोल्डकपको १९ औ संस्करणसम्म पुग्दा पुलिस ९ औँ पटक फाइनल पुगेको छ । यो सिजनमा मात्रै पुलिसको टिम सम्हालेमा अनुभवि प्रशिक्षक कुमार कटुवालको लागि पनि शनिबारको फाइनल परीक्षाको रुपमा हेरिएको थियो । कटुवाटलले टिम सम्हालेपछि पुलिस उपाधिविहीन बनेको थियो । शनिबारको उपाधीले कटुवाललाई पनि आफ्नो क्षमता प्रष्ट्याउने अवसर मिलेको छ ।

यसअघि पोखरामा भएको आहा रारा गोल्डकपमा भने सङ्कटाले पुलिसलाई हराएको थियो । शनिबार फाइनल खेल जितेपछि नेपाल पुलिस क्लबको चौथो पटक उपाधी उचाल्ने सपना पूरा भएको हो । पुलिसले ५९ साल यता बुढासुब्बाको उपाधि जितेको थिएन ।

तपाईको प्रतिक्रिया