शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौ – साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१ दशमलव ८९ अङ्कले घटेको छ । गतसाता ९१ दशमलव ३५ अङ्कले बढेको थियो । यो साताको अन्तिम दिन परिसूचक एक हजार ३३७ दशमलव ४६ अङक्मा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीको कारोबार भएको छ । जसअनुसार २८ हजार ०६८ कारोबारबाट रु दुई अर्ब ७४ करोड ७४ लाख ५६ हजार बराबरका ६२ लाख ३४ हजार ३५० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ६ दशमलव ४३ प्रतिशत बढी हो । गतसाता १५५ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २९ हजार ३२७ कारोबारबाट रु दुई अर्ब ५८ करोड १४ लाख १५ हजार बराबरका ७९ लाख सात हजार ७२० कित्ता सेयर खरिद बिक्री भएका थिए । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ७ दशमलव २८ अङ्कले घटेर २९० दशमलव ८८ अङ्कमा आइपुगेको छ । यससाता कारोबार रकम रु १४ करोड ८८ लाख ६० हजारको आधारमा बैंक अफ काठमाडौँं लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या ९रु तीन लाख ८४ हजार कित्ता० को आधारमा एनआइबीएल संमृिद्ध फन्ड एक अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार सङ्ख्या ९एक हजार ५२९ वटा० को आधारमा बैंक अफ काठमाडाँैं लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको छ । यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋण पत्रको कुनै पनि कारोबार भएन । यो साता एभरेष्ट फाइनान्स लिमिटेड एक लाख ९९ हजार ४०३, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड एक लाख, सहारा विकास बैंक लिमिटेड ८२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको छ लाख र मुक्तिनाथ विकास बैंक लिमिटेडको २८ लाख ५० हजार ६७१ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

त्यसैगरी यसैसाता अरनीको डेभलपमेन्ट बैंक लिमिटेडको नौ लाख २८ हजार १९०, सहारा विकास बैंक लिमिटेडको तीन लाख ५४ हजार र मुक्तिनाथ विकास बैंक लिमिटेडको ४१ लाख ९२ हजार १६३ कित्ता हकप्रद सेयर तथा टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड १३ लाख २८ हजार २७२ अभिलेख सूचीकृत भएका छन् ।

तपाईको प्रतिक्रिया