बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नेपाली मूलका बेलायती नागरिक विभेश गुरुङ इङ्लिस प्रिमियर लिग (इपीएल) क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् ।
बेलायतको मेडस्टोन सहरका १६ वर्षीय गुरुङ मेडस्टोन युनाइटेड क्लबबाट छात्रवृत्तिमा दक्षिणी लन्डनको क्रिस्टल प्यालेसमा आबद्ध भएका हुन् । गुरुङ आगामी जुलाईमा मात्र आफ्नो नयाँ क्लबका सहकर्मीसँग सहभागी हुनेछन् । केन्ट अनलाइनका अनुसार यू–१६ खेलाडीका रूपमा मेडस्टोनबाट खेल्दै आएका गुरुङलाई कति रकममा क्रिस्टल प्यालेसले भित्र्याएको हो भन्ने विषयमा भने केही खुलाइएको छैन । उनलाई पाँच महिनासम्म परीक्षणमा राखिने भएको छ ।
गुरुङ १८ महिनाअघि मेडस्टोन युनाइटेडमा आबद्ध भएका थिए । उनले आफूमाथि विश्वास गरेर मौका दिने र क्रिस्टल प्यालेसमा आबद्ध हुन सहयोग पुर्‍याउने मेडस्टोन युनाइटेडका पदाधिकारी, प्रशिक्षक, व्यवस्थापक र सहकर्मीप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया