शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र उसको नेतृत्वको ९ दलीय गठवन्धनले एक दिनका लागि संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा सैद्धान्तिक छलफल गर्न दिने घोषणा गरेको छ । दुई सातापछि आज बसेको संसदको बैठकमा समय लिएर बोल्दै उपनेता नेम्वाङले संशोधन विधेयकमा कुनै पनि हालतमा समर्थन नगर्ने बताउनुभयो ।

उहाले भन्नुभयो, ‘तराईबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले प्रदेशको सिमानालाई हेरफेर गर्नुपर्यो भन्छन् । केन्द्रले मात्रै केही गर्न सक्दैन भन्ने कुरा उहाँहरूले किन भुल्नु हुन्छ ? प्रदेशको सीमाङ्कन प्रदेशले पनि समर्थन गर्नुपर्छ । संविधान कार्यान्वयन गर्ने हो भने यी कुराहरूलाई ध्यान दिनुपर्छ ।’

सत्ता पक्षले नै संशोधन पास नभए मान्दैनौं भनेको उल्लेख गर्दै उहाले त्यसपछि के हुन्छ भनेर सरकारले संसद र आफूहरुलाई आवस्त बनाउन नसकेको बताउनुभएको छ । पाँच नम्बर प्रदेशलाई कमजोर तुल्याउने गरी संशोधन विधेयक रहेको उहाको भनाइ छ । ‘अहिले पनि हामी विधेयकको विपक्षमा छौँ’, उहाले भन्नुभयो, ‘यो संविधान संशोधन विधेयक पारित हुनु दुईतिहाई चाहिन्छ । विधेयकको पक्षमा दुईतिहाई छैन ।

यसैबीच, एमाले नेता नेम्वाङले एक दिनका लागि संविधान संशोधनको विधेयकलाई मौनरुपमा संविधान संशोधनको प्रक्रियामा सहभागी हुने बताउनु भएको छ । उहाले भन्नुभयो, ‘सर्वोच्च अदालतको आदेश विपरित रहेको संविधान संशोधनको विधेयकमाथिको प्रक्रियामा आज एक दिनका लागि मौन रुपमा प्रक्रियामा सहभागी हुन्छौँ ।’

तपाईको प्रतिक्रिया