शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

स्याङ्जा, – “राति राति आइयो राति राति गइयो, आँघिखोला कस्तो थियो कस्तो ?” यो उखान नेपाली समाजमा निकै प्रचतित छ । त्यसैले आँधिखोलाको नाम नसुन्ने सायदै होलान् । स्याङ्जाको चिलाउनेबास उद्गम स्थल रहेको आधिँखोला स्याङ्जाकै मिर्मिमा कालिगण्डकी नदिमा मिसिएको छ । यस आँधिखोलाले धार्मिक, पर्यटकिय, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको छ ।

स्याङ्जा र आधिँखोला पर्यावाचि शब्द जस्तै बनेको छ । स्याङजा भन्ने बिक्तिकै माथिको उखान जोसुकैको मनमा आउँछ । यति महत्व बोकेको आधिँखोला बढ्दो शहरिकरण संगै प्रदुसित र दुर्गन्घित् बन्दै गएको छ । यहाँको पुतलीबजार, बयँरघारी, वालिङ, बायाँटारी, गल्याङ् लगाएतका बजारका ढल र फोहरको मुख्य डम्पिङ् साइड नै आधिँखोला हो । यसको सरसफाई र संरक्षणमा राज्य तथा गैरसरकारी निकायबाट बेलाबेलामा करौँडैको बजेट आएपनि काम भन्ने शुन्य जस्तै छ । तर तिनदोवाटे र थुमपोखरा गविसमा पर्ने बायाँटारी, झोलुङ्गे बजारका युवाहरु आधिखोला वरपर बजार क्षेत्रको सरसफई तथा संरक्षणमा जुटेका छन् । स्थानीय रिभरसाइड क्लवको संयोजनमा सरसफाई अभियान सञ्चालन गरिएको छ ।

पहिले अधिकांश फोहोर आँधिखोलामा बगाउने प्रचलनले गर्दा ऐतिहाँसिक महत्व वोकेको आँधिखोलाको सौन्दर्यता खतरामा परेको थियो भने जलचर को जीवन पनि संकटमा पर्दै गइरहेको विज्ञहरुको अनुभव छ । सिद्धार्थ राजमार्गसँगै जोडिएका अन्य बाजरक्षेत्रका फोहोर नगरपालिका र बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आइरहेपनि यस क्षेत्रमा कुनैपनि निकायबाट हालसम्म पहल हुन सकेको थिएन । अभियानको पहिलो चरणमा बजारक्षेत्रका चोक चोकमा सवैलाई पायक पर्ने ठाँउमा फोहर राख्ने डस्विन राखिएको छ । तत्कालै डम्पिङ् साइड निर्माण गरी फोहोरको प्रकृति अनुसार कुहिने, नकुहिने बस्तुलाई पुनः प्रयोग गर्न मिल्ने गरि व्यवस्थापन गर्ने योजनामा आफुहरु रहेको रिभरसाइड क्लवका अध्यक्ष तथा अभियानका अगुवा विनोद गुरङ्ले वताउनुभयो ।

टोल टोलमा डस्विन र सरसफाइ सम्बन्धी प्रचार सामाग्री लिएर पुगेका युवाहरुलाई स्थानीय वासीन्दाले स्वागत तथा खादा फुल माला तथा अविरले सम्मान गरेका थिए ।  सरकारी तथा गैरसरकारी निकायले आँधिखोलालाई देखाएर करौँडौ बजेट झ्वाम पारेपनि यहाँका युवाहरुले आफैले चन्दा संकलन गरेर गरेको यो अभियानलाई सरकार तथा अन्य निकायले ध्यान दिन जरुरी छ ।

तपाईको प्रतिक्रिया