शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जापानमा रहेका कृयाशील महिलाहरुले पनि नारी दिवस मनाउने भएका छन् ।
नेपालबाट जापान आई वसोवास गर्ने महिलाहरुले यही मार्च ५ तारिखका दिन नारी दिवस मनाउन लागेका हुन् । उनीहरुले विगतमा जस्तै यस वर्ष पनि भव्य र सभ्य तरिकाले नारी दिवस मनाउने जनाएका छन् । जापानमा दैनिक बढ्दो नेपाली महिला र उनीहरुको हकअधिकारका विषयमा केन्द्रित रही यस वर्ष नारी दिवस मनाउन लागिएको कार्यक्रमका संयोजक सरिता ढकालले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ मा रहे पनि जापानमा रहेका नारीहरुको समयानुकल कार्यक्रम तय गरिएको उहाँको भनाइ छ । ‘महिला र पुरुष एकै रथका दुई पाटा’ नाराका साथ सो दिवस मनाउन लागिएको हो । कार्यक्रम टोकियो स्थित सोल्मारी मुरा हल सिन ओकुबोमा हुन गइरहेको छ ।
नारी दिवसकै अवसरमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने भएको छ । कार्यक्रममा जापानमा वसोवास गर्ने सबै नेपाली नारी र जापानी नारीहरुलाई समेत आउन आयोजकले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया