शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – परदेशी गायकको रुपमा समेत परिचय बनाउनु भएका गायक सूर्य खड्काको कौडा रोइला गीत ‘बल्ल माया बुझियो’ बजारमा आएको छ ।
जापानलाई कर्मथलो बनाई लामो समयदेखि नेपाली लोकगीत/संगीतमा श्रृजना तथा गायनमा सक्रिय गायक खड्काले निकै रमाईलो एवं नचाउने खालको कौडा रोईला गीत बजारमा ल्याउनु भएको हो । अधिकांश भावुक गीतहरु गाउने गायक भनेर चिनिनु भएका खड्काले यो गीत मार्फत सबै खाले श्रृजना गर्न र गाउन सक्ने कलाकारका रुपमा आफूलाई उभ्याउनु भएको छ । गीतमा खड्का कै लय तथा स्वर रहेको छ भने शब्द गायक स्वयम् र नारायण कंडेलको रहेको छ । खड्कालाई गायनमा गायिका प्रिति आलेले साथ दिनु भएको छ ।
जापानकै सफल व्यवसायी ईश्वरी कंडेलको निर्माणमा रहेको गीतको भिडियोलाई स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गर्नु भएको छ । सुरेश श्रेष्ठको छाँयांकन, दिपक बिष्टको सम्पादन रहेको गीतमा गायक तथा मोडल प्रकाश सपुत र जापानमै रहेकी नव नायिका सुजता ज्ञावलीले अभिनय तथा नृत्य गर्नु भएको छ ।

https://www.youtube.com/watch?v=lmorP5hH6Dk&feature=youtu.be

तपाईको प्रतिक्रिया