शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

अमेरिकी – अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले पृथ्वी जस्तै अर्को ग्रह फेला परेको दाबी गरेको छ । यसबीचमा नासाले पृथ्वीको आकारको सात ग्रह ‘ट्राप्पिस्ट(वन’ नामक सौर्यमन्डलको खोजीमा अहम् सफलता हासिल गरेको छ । यसमध्ये तीनवटा ग्रहमा जीवनको संभावना रहेको नासाले ट्वीटरमार्फत जानकारी गराएको छ ।
‘ती ग्रहमा एलियन जस्ता जीवको संभावना छ’ नासाले उल्लेख गरेको छ । यो पृथ्वीभन्दा ३९ प्रकास बर्षको दूरीमा छ । यस सौर्यमन्डलको ग्रहमा पानी उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । नासाले अहिलेसम्म गरेको पृथ्वी जस्तै ग्रहको खोजको यो पहिलो नतिजा हो ।
नासाले स्पिट्जर स्पेश टेलीस्कोपले यस ग्रहको खोजी गरेको थियो । यो ग्रह सिंगल स्टारको वरिपरि छ । नेचर र्जनलमा बेल्जियमस्थित युनिभर्सिटी अफ लीजेका बैज्ञानिक माइकल गिलोनको हवला दिँदै बताइएको छ कि, ‘यस ग्रहमा पानी रहेको पर्याप्त संकेत मिलेको छ । खगोलविदका अनुसार सात ग्रहवाला सौर्यमन्डल पहिला पनि पत्ता लागेको थियो । तर, यो नै पहिलो पटक हो, पृथ्वी आकारको ग्रहयुक्त सौर्यमन्डल फेला परेको ।
वैज्ञानिकका अनुसार बृहस्पती ग्रहभन्दा ठूलो ताराबाट यी सात ग्रहमा प्रकाश छरिएको छ, जो सूर्यभन्दा करिब दुई हजार गुणा सुस्त छ । यस ग्रहमा मानिस बस्न लायक वातावरण रहेको बताइन्छ ।

  • एजेन्सी
तपाईको प्रतिक्रिया