बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – महाशिव रात्री नजिकिएसँगै पाशुपत क्षेत्रमा नागाबाबाहरुको विभिन्न रुप देखा पर्न थालेको छ । उनीहरु सोही पशुपति मन्दिर परिसरमै बस्न थालेका छन् । विगुत घसेर बस्ने नागाबाबाहरु भक्तजनलाई आफूतिर बोलाई आशीर्वाद दिँदै भेटी माग्छन् । मन्दिर परिसर बाहिर धुनी जगाउँदै गाँजा तान्दै गरेका जोगी र साधु तथा सर्वसाधारण पनि भेटिएका छन् । यस वर्ष पशुपति नाथ मन्दिरमा शिवरात्रीको अवसरमा भक्तजन र नागाबाबाहरुको संख्या विगतको तलुनामा झनै बढ्ने अनुमान गरिएको छ । शिवरात्रीका लागि पशुपति क्षेत्र विकास समितिले सबै तयारी पूरा गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया