शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – ट्यांकर चालकले हड्तालको तयारी गर्दा उपत्यकामा इन्धन आपुर्ति प्रभावित भएको छ ।
गत शुक्रबार एक दिन उपत्यकामा इन्धन आपुर्ति ठप्प पारेका चालकहरुले माग सुनुवाइ नभए फागुन १५ देखि हड्ताल गर्ने प्रचार गरेका छन् । प्रचारका कारण उपभोक्ता इन्धनको स्टक राख्न थालेका छन् र पम्पहरुमा सवारीको भीड देखिन थालेको छ । आफूहरुले डेढ महिनादेखि १५ बूँदै माग राखेको तर सुनुवाइ नभएकाले हड्तालमा उत्रनुपरेको उनीहरुको जिकीर छ ।
नेपाल आयल निगमले २० हजार लिगर र त्यसभन्दा बढी इन्धन बोक्ने ट्यांकरमा २ सय लिटरभन्दा बढी चुहावट भए त्यसको दोब्बर मूल्य चालकलाई तिराउने विनियमावलीको तयारी गरेपछि बिशेषतः ट्यांकर चालकहरु आक्रोशित भएका हुन् ।

तपाईको प्रतिक्रिया