बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ – अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टीले वार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।

विश्वका १५९ देशको मानवअधिकारको अवस्थाबारे अध्ययन गरी तयार पारेको ४०८ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार नेपालमा मानवअधिकारको अवस्था कमजोर भएको देखाएको छ ।

प्रतिवेदनअनुसार नेपालमा भूकम्पपछि पर्याप्त आवासको व्यवस्था नभएको तथा यातना र अन्य दुव्र्यवहारका घटना विद्यमान रहनु, दण्डहिनता मौलाउँदै गएको देखाएको छ । तराईसहित मुलुकका विभिन्न स्थानमा प्रदर्शनकारीविरुद्ध सरकारले बल प्रयोग गरेको प्रतिवेदनमा भनिएको छ ।

लिङ्ग, जात, वर्ग, धर्मका आधारमा हुने विभेद बढ्दै गएको र आगामी वर्षमा मानवअधिकारको स्थिति अझै गम्भीर हुने प्रतिवेदनले जनाएको छ ।

तपाईको प्रतिक्रिया