बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – केहि दिन अघि ओकिनावामा निधन भएका विद्यार्थी संजीब चौधरीको परिवारलाई नेपाली जनप्रगतिशील मंच जापानले रु. १ लाख आर्थिक सहयोग गरेको छ । ओकिनावा स्थित जेएसएल जापानी भाषा विद्यालयमा अध्ययनरत चौधरीको उनी बस्दै आएको होस्टेलको चौथो तल्लाबाट खसेर मृत्यु भएको थियो ।

जापान आएको धेरै नभएको र घरको आर्थिक अवस्था पनि कमजोर भएको चौधरी परिवारलाई सहयोग गर्न जनप्रगतिशील मंच जापानका विद्यार्थी बिभाग प्रमुख सरोज सेढाईंको संयोजनमा मंच समर्थकहरुकै बिचमा आर्थिक संकलन गरिएको थियो ।
संकलित रकम जेएमई रेमिट मार्फत मृतकका बुबा सैतु चौधरीको नाममा पठाईएको हो । मंचद्वारा पठाईएको सहयोग रकम बुझ्ने क्रममा भाबुक मुद्रामा रहेका मृतकका बुबा चौधरीले सहयोग संकलन गरी पठाउनुहुने मंचका सम्पूर्ण सदस्य तथा सहयोग गर्नुहुने जापानबासी नेपालीप्रति आभार सहित धन्यबाद ब्यक्त गर्नु भएको उहांलाई सहयोग गर्दै आउनुभएका दाङ निवासी राजेन्द्र श्रेष्ठले बताउनु भएको छ ।

स्व. संजिब चौधरीको परिवारको लागि आर्थिक सहयोग गर्नुहुने सबै प्रति नेपाली जनप्रतिशील मंच जापानका अध्यक्ष हवलचन्द्र लामाले धन्यबाद ब्यक्त गर्नुका साथै निशुल्क रकम पठाउन सहयोग गर्ने जेएमई रेमिटको सामाजिक भावनाको पनि सरहना गर्नुभयो । मृतक चौधरीको परिवारको लागि सहयोगार्थ एनआरएन जापान लगायत अन्य संस्थाहरुले पनि आर्थिक संकलन गरिरहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया