शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

पोखरा – नेपाल आदिवासी जनजाति महासंघ जापानले भूकम्पद्वारा क्षतिग्रस्त कास्की ल्वाङ घलेल– ९, सिदिङ स्थित श्री सरस्वती आधारभुत विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
महासंघका प्रतिनिधि श्री गुरुङले विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यालयका प्रधानाध्यापक शान्ती तामाङलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । सहयोग हस्तान्तरण गर्दै गुरुङले कास्कीको नितान्तै विकट गाउँमा रहेको विद्यालयलाई भूकम्पले क्षति भएको लामो समयपछि भए पनि सहयोग गर्न पाउदा खुसी लागेको बताउनु भयो । उहाँले रकम जुटाउन सहयोग पुर्याउने नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष पासाङ्ग शेर्पा लगायत कार्यसमितिका पदाधिकारीहरुलाई धन्यवाद समेत दिनुभयो ।
त्यस्तै, तमु धिं जापानका अध्यक्ष एवं भलिबलका पूर्व राष्ट्रिय खेलाडीसमेत रहनु भएका श्री गुरुङले आफ्नो व्यक्तिगत तर्फबाट विद्यालयलार्ई २ थान भलिबल हस्तान्तरण गर्नुभयो ।


नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी राजबहादुर गुरुङले बिदेशको भूमिमा कार्यरत रहेर पनि मातृभूमी माथि विपद् आईलाग्दा गर्ने सहयोगी मनको प्रशंसा गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर तामाङको अध्यतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक अर्जुन कंडेल, शिक्षक विष्ण दाहाललगायतले विद्यालयको अवस्थाबारे प्रष्ट्याउनु भएको थियो ।

तपाईको प्रतिक्रिया