बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा पूर्व मन्त्री बुद्धिमान तामाङले सर्वाधिक मत प्राप्त गर्नु भएको छ । उहाँले बुधबार विहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गर्नु भयो ।
मंगलबारदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए। केन्द्रिय सदस्यको खुलातर्फ दोस्रो नम्बरमा विक्रम पाण्डे रहनु भयो । उहाँले १ हजार ९ सय २६ मत प्राप्त गर्नुभयो । तेस्रो नम्बरमा गायिका कोमल वली रहन सफल हुनु भयो । उहाँले १ हजार ८ सय ५७ मत पाउनु भयो । चौथो नम्बरमा धवलशमशेर राणा रहनु भयो । उहाँले १ हजार ७ सय ३९ मत प्राप्त गर्नु भयो भने राजेन्द्र लिङ्देलले १ हजार ६ सय ६४ मत प्राप्त गरि पाँचौ नम्बरमा रहनु भयो ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्य पदमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र स्वर्गीय सूर्यबहादुर थापाका दुवै छोरा विजयी हुनु भएको छ ।
आफ्नो पिताकै कारण मन्त्री बनिसक्नु भएका यी दुवै नेतामध्ये जयन्त चन्दले १ हजार ५ सय ८९ मत प्राप्त गरि खुलातर्फ छैटौं नम्बरमा रहनु भयो भने सातौ नम्बरमा रहनु भएका सुनिल थापाले १ हजार ५ सय ५१ मत पाउनु भयो ।

महिलाकोटाबाट उम्मेद्वारी दिनु भएकी नायिका रेखा थापाले पनि राप्रपाको केन्द्रीय सदस्यमा जित हात पार्नु भएको छ । मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिएको थियो।

तपाईको प्रतिक्रिया