शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अस्पताल भर्ना हुनु भएको छ ।
ज्वरो आएपछि पुनलाई धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गराइ उपचार भइरहेको छ । उहाँ अहिले नर्सिङ केयर र मोनिटरमा हुनुहुन्छ ।
यसअघि जण्डिस बिग्रिएपछि पुनलाई भारतको नयाँदिल्ली र थाइल्याण्डको बैंककमा लगेर उपचार गराइएको थियो । उहाँ बैंककमा उपचार गरेर गत वर्ष माघमा स्वदेश फर्कनु भएको थियो ।

तपाईको प्रतिक्रिया