शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माण कार्य डेढ महिना नपुग्दै आधा काम सकिएको छ । पौष २५ गते नेपालका चर्चित हास्यकलाकार महजोडि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले शिल्यानाश गरेका उक्त बस्तीको ४२ दिनमै ५० प्रतिशत काम सकिएको हो । लामो समयदेखी अशिक्षा, बेरोजगारी तथा पिछडिएका मुसहर बस्तीमा निर्माणधिन घरहरुको पहिल्लो तल्लाको काम सकिएको छ ।

मुसहर बस्ती निर्माणका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले जानकारी दिएअनुसार अहिले बस्तीको ६ वटा घरहरुका पहिलो तल्लाको भित्रीे प्लास्टर सकिएको छ भने ४८ वटा घरको पहिलो तल्लाको काम सकिएको छ ।  ‘अब हामी छिट्टै बस्ती सकाउन सक्छौ, काम निकै तिव्रताका साथ अघि बढिरहेको छ’ परियोजना ब्यबस्थापक न्यौपानेले भने सबैको साथ र सहयोग पाए हामी नया बर्षमा बस्ती हस्तान्तरण गर्नेछौ’ । उता फाउण्डेसनका अध्यक्ष सितारम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अष्ट्रेलियाबाट फर्केलगत्तै लगातार बस्ती निर्माणमा खटिरहेका छन् ।

सबैको साथ र सहयोगले काम तिव्र अघि बढिरहेको बताउदै उनले अझै पनि श्रम सहयोगको लागी आग्रह गरेका छन् । ‘बस्ती निर्माणको काम जतिसक्दो छिटो सक्काउन पाए मुसहर बासीले खुसीको शास फेर्न पाउने थिए’ फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, अहिले हामीलाई केही स्वयंसेवकहरुको आवश्यकता छ’ । बिभिन्न ठाउबाट सहयोग रकम संकलन भईरहेपनि निकै ढिला गरि सहयोग आईरहेको उहाले बताउनुभयो । सहयोगीहरु बढिरहेपनि आफुहरुसंग बस्ती निर्माणका लागी लामो समय नभएकाले उहाले सहयोग गर्न चाहने सबैलार्ई सक्दो सहयोग गर्नका लागी आग्रह समेत गर्नु भएको छ । फउण्डेसनले बस्ती निर्माणका लागी ४ करोड ७८ लाख लागत अनुमान गरेपनि हालसम्म फउण्डेसनलाई २ करोड ५८ लाखको हाराहारीमा सहयोग प्राप्त भएको छ ।

फउण्डेसनका लेखा अधिकृत सरोज जंग खत्रीका अनुसार बस्ती निर्माणका लागी अझै पनि २ करोड बढी रकम आबश्यकता छ । ४२ दिनमा ५० प्रतिशत काम भएको नमुना बस्तीका लागी फाउण्डेसनले अहिलेसम्म २ करोडको हाराहारीमा खर्च गरिसकेको छ । १ करोड ५० लाखको हाराहारीमा खर्च भईसकेको र निर्माणका लागी खरिद गरीएका निर्माण सामाग्रीको बांकि रकम ५० लाख भन्दा बढी भने भुत्तानी गर्न बांकि रहेको छ । यसरी बन्दैछ एकिकृत नमुना मुसहर बस्ती हर्नुसः भिडियो

तपाईको प्रतिक्रिया