बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख ३१ गते हुने चुनाब कसैले रोक्न नसक्ने बताउनु भएको छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले तोकिएकै मितिमा हुने निर्वाचनलाई कसैले रोक्न नसक्ने बताउनु भएको हो ।

निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्दै उहाले भन्नुभयो, ‘सफलता प्राप्त गर्नको लागि तीन घण्टा नै काफी छ, हामीसँग त ८२ दिन बाँकी छ, सफलता प्राप्त गर्न निरन्तरता चाहिन्छ ।’ उहाले निर्वाचन हुँदैन कि भनेर अब कसैलेपनि शंका गर्न नहुने जिकिर गर्नुभयो । आयोगले यही हप्ताभित्रै आचार संहिता लागु गर्ने भन्दै प्रमुख आयुक्त यादवले शुन्य सहनशिलताका आधारमा आचार संहिता लागु गर्नेगरि विशेष छलफलमा रहेको बताउनुभयो ।

यादवले आफूले चूनौति भन्दापनि अब प्रशस्त अवसरहरु देखेको उल्लेख गर्दै भन्नुभयो, ‘निर्वाचनको मिति घोषणा भएको छ, कानून तथा ऐनहरु आएका छन, त्यसैले निर्वाचन हुन्छ ।’ अक्सिजनको सिलिण्डर बोकेर त मान्छेले सगरमाथा चढेको छन, उहाले अगाढी भन्नुभयो, ‘निर्वाचन आयोगसँग त लगनशिल कर्मचारीहरु छन, आयोगसँग दक्ष जनशक्ति छ ।’ त्यस्तै उहाले नेपाल सरकारले पनि आयोगलाई विश्वास दिलाएको उल्लेख गर्नुहुर्दै, ‘कुनैपनि साधान र स्रोतहरुको कमी हुन दिन्नौं भनेर सरकारले भनेको छ, आवश्यक जनशक्तिको लागि पूर्ण भरोसा दिलाएको छ ।’ उहाले सरकारले खुट्टा नकमाउनेमा आफू पूर्ण विश्वस्त रहेको समेत बताउनुभयो ।

मतपत्रमै निर्वाचन हुने भन्दै यादवले नेपालमा विद्युत्तीय मेशिनको उत्पादन नभएकोले पनि अब भोटिङ् मेशिनको सम्भावना नरहेको धारणा रख्नुभयो ।   मतदाता शिक्षा कार्यक्रम अन्र्तगर्त बुकलेट, ब्रोशरहरु छपाउने उहाको भनाई थियो । उहाले अहिले २१ हजार मतदान केन्द्र रहेकोले यसैको आधारमा निर्वाचन गर्ने समेत जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया