बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – नेकपा एमालेले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म गर्न लागेको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न आग्रह गरेको छ । प्रमुख प्रतिपक्षी एमालेले आफ्नो पूर्वनिर्धारित कार्यक्रममा अवरोध नगर्न अन्य राजनीतिक दल र उसका कार्यकर्तालाई आग्रह गरेको हो ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आज ‘मेची महाकाली राष्ट्रिय अभियान’ व्यवस्थापन कार्यालयको उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले आफूहरुको अभियान कसैका बिरुद्ध नभएको बताउनु भएको छ । अभियानले एमालेबिरुद्ध छरिएको भ्रम पनि चिर्ने भन्दै उहाले राष्ट्रिय एकताका लागि पनि मेची–काली अभियान थालिएको स्पष्ट पार्नुभयो ।

मेची–महाकाली अभियानमा अनिवार्य उपस्थितिका लागि कार्यकर्तालाई हृवीप नै जारी गरेको छ । अभियान सुरु हुन १० दिन बाँकी रहदा अध्यक्ष ओलीले हरेक नगरदेखि वडा र गाउँस्तरसम्मका एमाले कार्यकर्ता अभियानमा सहभागि हुनुपर्ने बताउनु भएको छ । अध्यक्ष ओलीले थप्नुभयो, ‘यसमा अवरोध तथा भाँजो हालिए एमालेले त्यसको प्रतिवाद गर्छ।’

मेची–महाकाली अभियानको लागि एमालेले नेता कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय परिचालन समिति गठन गरेको छ । अभियान झापाबाट २१ गते सुरु भइ चैत ४ गते कञ्चनपुरमा पुगेर सकिनेछ ।

तपाईको प्रतिक्रिया