शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा सैनिक मञ्च, टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम हुने भएको छ ।

गौरवमय इतिहास र परम्परा बोकेको सङ्घीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले यही फागुन १३ गते शिवरात्रिको दिन मुलुकभर ‘सेना दिवस’ मनाउँदैछ ।

सोही दिन टुँडिखेलमा आयोजना हुने परेड कवाज तथा विविध कला प्रदर्शनी समारोहपश्चात् साँझ ५ बजेदेखि ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले स्थापना दिवस पारेर पहिलो पटक आयोजना गर्न लागेको उक्त ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम धेरैभन्दा धेरै जनसहभागिता होस् भन्ने हेतुले नेपाली सेनाले प्रवेशलाई निःशुल्क गरेको छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक सर्वसाधारणलाई प्रवेशको लागि सैनिक मञ्चको पूर्वी र पश्चिमीद्वार तथा नेपाल वायुसेवा निगम अगाडि र सहिद गेटबाट व्यवस्था मिलाएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया