शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सडक धसिएर दुई दिनदेखि अवरुद्ध बीपी राजमार्गमा आज विहानबाट साना सवारीसाधन सञ्चालनमा आएका छन् ।
हिजो दिनभर बन्द रहेको सवारीका साधनको आवागन सडक निर्माणका क्रममा बनाईको ट्याकलाई पुन सञ्चालनमा ल्याईएको प्रहरीले जनाएको छ ।

सडक आयोजनाका स्काभेटर तथा नेपाली सेना, प्रहरीले संयुक्त रुपमा बैकल्पिक ट्रयाक खोलेका हुन् । खुर्कोट, नेपालथोक खण्डको शीतलपाटी गाविस ९ त्रिवणीघाट नजिक कालोपत्रे सडक आइतबार राती धसिएर थियो ।

३७ मिटर सडक सुनकोसीमा झरेको छ । दुई किलोमिटर लामो बैकल्पिक सडकमा दुई तर्फी सवारी साधान वारपार गर्न सक्ने अवस्था रहेको हाम्रा सहकर्मीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया