बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा आज केन्द्रीय सदस्य पदका लागि निर्वाचन सुरु भएको छ । भृकुटीमण्डपमा सुरु निर्वाचनमा ३ सय ६३ जना चुनावी मैदानमा छन् ।

केन्द्रिय सदस्य पदको निर्वाचन हिजैका लागि तय भएपनि स्थान र समय अभाबको कारण देखाउँदै आजका लागि सारिएको थियो । मतदानका लागि ५२ वटा विद्युतीय मेसिनको प्रयोग गरिएको सो पार्टीका प्रबक्ता राजाराम श्रेष्ठले बताउनुभयो ।

१ सय ६१ सदस्यीय कार्यसमितिमा ९० पदका लागि आज निर्वाचन हुन लागेको हो । बाँकी भने अध्यक्षले मनोनयन गर्ने पार्टीको विधानमा उल्लेख छ । यसअघि हिजो भएको पार्टी अध्यक्षको निर्वाचनमा प्रतिस्पर्धी प्रदिप बिक्रम राणालाई फराकिलो मतान्तरले पराजित गर्दै कमल थापा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

केन्द्रिय सदस्यको निर्वाचनको परिणामसँगै गत ६ गतेबाट सुरु राप्रपाको एकता अधिवेशन आजै सकिनेछ ।

तपाईको प्रतिक्रिया