बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – सरकारले आगामी बैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेलगत्तै मधेसी मोर्चाले भने दबाबमूलक आन्दोलनको घोषणा गरेको छ ।

यद्यपि, उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत पनि दिएको छ । चुनाव घोषणाका लागि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेका बेला मधेसी मोर्चाका नेताहरु तमलोपा कार्यालयमा बसेर आन्दोलनबारे छलफल गरेका थिए ।

सरकारले चुनावको मिति घोषणा गरे लगत्तै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार मोर्चाले आज १० गते मशाल जुलश निकाल्ने छ भने भोलि ११ गते मधेस बन्द गर्ने घोषणा गरेको छ ।

१२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफोर अभियान चलाउने निर्णय पनि मोर्चाका नेताहरुले गरेका छन् ।

तपाईको प्रतिक्रिया