बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं  – सर्लाहीको रामनगर–९ मा गएराति ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । ना ४ त १७७ नम्बरको ट्रयाक्टर गएराति साढे ११ बजे सडकबाट झण्डै १० मिटर तल खसेको इलाका प्रहरी कार्यालय गडहियाले जानकारी दिएको छ ।

दुर्घटनामा ट्रयाक्टर चालक रामनगर बहुअर्वाका इन्द्रजित यादवको ज्यान गएको हो । मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

तपाईको प्रतिक्रिया