शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नवलपरासीको गैडाकोट–१० पितौजीमा सोमबार राति मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा मोटरसाइकलको पछाडि सवार सन्ध्या महतो छिन् । उनको ठेगाना खुल्न सकेको छैन ।

महतोको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको प्रहरीले जनाएको छ । घाइते हुनेमा साइकलयात्री, कावासोती–१० का धन बहादुर थापा र मोटरसाइकल चालक कावासोती–१४ का वीरेन्द्रराज थनेत छन् । घाइते दुबै जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया