शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – लुम्बिनी अञ्चल अस्पताल बुटबलमा बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको विरोधमा बिहानैदेखि चिकित्सकले सुरक्षाको माग गर्दै सेवा अवरुद्ध गराएका छन् । आइतबार साँझ उपचारका लागि आएका बुटबल–१५ बेलबासका लीलबहादुर गुरुङको उपचारमा स्वास्थ्यकर्मीले बेवास्ता गरेको जनाउँदै डा सलाउद्दिन मियाँलाई बिरामीका आफन्तले हातपात गरेको अस्पतालले जनाएको छ ।

गुरुङका छोराले चिकित्सकलाई झापड हानेको र आकष्मिक सेवामा रहेका स्वास्थ्यकर्मीलाई गालीगलोज गरेको चिकित्सकले बताएका छन् । घटनाको विरोध गर्दै सेवा अवरुद्ध बनाइएपछि उपचारमा आएका बिरामी अलपत्र परेका छन् ।  चिकित्सकले दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै सेवा अवरुद्ध बनाएका हुन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र सञ्जेलले घटनाका विषयलाई लिएर दुवै पक्षबीच वार्ता भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया