बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – शिर्ष क्लवहरु म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफ.ए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गय राती भएको खेलमा ब्ल्याकबर्न रोभर्सलाई २– १ गोलले हराउँदै म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा पुगेको हो ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड र ज्लातन ईब्राहिमोभिचले १–१ गोल गरे । ब्ल्याकबर्नका ड्यानी ग्राहमले एक गोल गरेका थिए । जीतसँगै म्यान्चेस्टर युनाईटेडले अर्को दावेदार टोली चेल्सीसँग क्वाटरफाईनल भिडन्त तय गरेको छ ।

एफए कप अन्तर्गतको अर्को खेलमा टोटनह्याम हट्सपरले फुल्हमलाई ३–० ले हरायो । खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले ह्याट्रिक गरेका थिए । टोटनह्यामले अब क्वाटरफाइनलमा मिलवालसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया