शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौंबाट रेलमार्गबाट दिल्ली र कोलकातासँग जोड्ने बताउनुभएको छ । उहाँले भारतीय केन्द्र सरकारले रेल्वे विकासमा विशेष महत्व दिइरहेको जानकारी दिदैं भारतीय रेलवे नेटवर्कलाई नेपालमा पनि जोड्ने बताउनुभएको हो ।

‘चाँडोभन्दा चाँडो काठमाडौं–दिल्ली र काठमाडौं–कोलकाता रेल्वे लाइन बनाउनेछौं ।’ काठमाडौंमा आइतबारदेखि सुरु भएको दुई दिने नेपाल पूर्वाधार शिखर सम्मेलन–२०१७ लाई सम्बोधन गर्दै रेलमन्त्री सुरेशले रेल्वेलाइन बनाउने बताउनुभएको हो ।

‘मेरा मित्र हरिभक्त शर्माले काठमाडौंबाट उच्च गतिको रेल चढेर दिल्ली जाने र फर्कने सपना रहेको सुनाउनुभयो,’ उहाँले भन्नुयो, ‘यो सपना केवल सपनामा मात्र सीमित हुँदैन र चाँडै यथार्थमा परिणत गर्न सकिन्छ ।’

रेलमार्ग तुलनात्मक रुपमा स्वच्छ (ग्रीन) पूर्वाधार भएकाले नेपालले पनि यसको विकासमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया