‘स्वाभिमानको तिलाञ्जली’

        देशमा राजनैतिक उथलपुथल हुँदै थियो, त्यो समय त्यो माहोल सिङ्गो देश नै लोकतान्त्रिक आन्दोलनमा होमियको थियो । राजनितिक दल तिनका कार्यकर्ता, के बृद्द के महिला के पेसाकर्मी सबै आम जनमानस आन्दोलनमा लामबद्द भए । आन्दोलन–जनआन्दोलन बन्यो र अन्तत राजतन्त्रको बिधिबत अन्त्य भयो । देश को मुल समस्या नै राजतन्त्र हो देश मा लोकतन्त्र आएपछी देश ले छलाङ मार्छ भनेर दल र नेताले सबै लाई बुझाए, राजा त गए तर अरु धेरै राजाहरु जन्मिन थाले । नेताहरुले फेरि बोली फेरे अनि भन्न थाले अब सम्बिधान सभाको चुनाब पश्चात देशले नया मोड लिन्छ, सम्बिधान सभाको चुनाब पनि भयो तर जनताले भनेको जस्तो केही भएन ? फेरि भन्न थालियो अहिले देश सङ्क्रमण कालमा छ, २ बर्ष भित्रमा सम्बिधान जारी हुन्छ अनि छु मन्तर देश बिकासको गतिमा अगाडि बढ्छ ।

पहिलो सविधान सभाले २ बर्ष भित्रमा सविधान घोषणा गर्नु पर्ने ठाउमा फेरि अर्को २ बर्ष समय थप्दा पनि सविधान जारी नगरी सविधान सभा नै भङ्ग हुन पुग्यो । त्यति बेला सविधान सभा मात्र होइन आम जनताको सविधान सभा र लोकतन्त्र प्राप्तीको लागि गरेको त्याग, मेहनत, बगाएको रगत, सहिदका सपना र समुन्नत नेपाल को सपना एकै साथ भङ्ग भए । अनि फेरि बन्द हड्ताल, यो वा त्यो नाम मा विभिन्न पार्टी सङ्गठनले आन्दोलन सुरु गर्न थाले । स्वतन्त्रपुर्बक आफ्नो जिबिकोपार्जन गर्ने, कामधन्दा गर्ने, पढ्ने बातावर्ण बिग्रीन थाल्यो अनि क्रमश सबैमा निरासा र राजनैतिक दलप्रती बितृष्णा बढ्न थाल्यो, त्यस को पहिलो सिकार बन्न पुग्यो युबा पुस्ता । न देश बिकसित बन्यो न त देश मा पसिना बगाएर बाच्ने बाताबरण बन्यो अनि सुरु भयो पलायन को डरलाग्दो शृङ्खला ।  फरक बर्ग र हैसियत का मानिसका जिबनका योजना र सपना फरक हुन सक्लान तर पनि के धनी के गरिब सबै तह र तप्काका नेपाली बिदेश पलायन हुनै पर्ने बाध्यता बनेको छ मुलुकमा । चाहे घरमा दुई छाक हात मुख जोर्न गारो परेर होस, चाहे सोचे जस्तो ब्यबसायिक बाताबरण नभयर होस, चाहे अध्ययन गर्ने बाताबरण नभयर होस या सुखी जीवन बिताउने महत्वाकांक्षा ले गर्दा होस सबै को निर्बिकल्प विकल्प बनेको छ बिदेश पलायन ।

हुन त आफ्नै मुलुकमा आफ्नै जहान परिवार सग दुख सुख जीवन यापन गर्ने चाहना कसलाइ पो नहुदो हो र, कसलाइ आफू जन्मेको माटो अनि आफ्नै देश मा आफ्नो पसिना नबगाइ बिदेश भासिन रहर हुन्छ होला र तैपनी बिदेस पलायन को दर यति बढेको छ कि केही गर्न सक्ने युबा सबै बिदेसियका छन र जो स्वदेस मा छन ती पनि बिदेसिने मनस्थिती मा छ्न बस सबै उचित देश र अबसर को पर्खाइमा छन । देसको श्रम शक्ति पलायन हुनु त दुखद कुरा हो नै, बौद्धिक पलायन पनि तिब्र गतिमा भयको छ ।
अब जो गाउमा बाकी छन तिनलाइ केही गर्ने हुति नभयको देख्ने बनिसकेको छ समाज को आँखा । हेमन्त राना को साइली बोल को गित ले भनेजस्तो देश जता सुकै जाला पहिला बिदेश मै सहि ,उमेर छदै केही कमाउन सकियन भने बुढेस काल लागे पछि कसरी बाच्ने भन्ने धारणा ले सबै लाई गाजेको छ । बिदेश जाउ धेरै पैसा कमाउ, जहान परिवार लाई सुख ले पालौ, आफ्ना सन्तान लाई गतिलो शिक्षा दिउ अनि सके घर घडेरी जोडौ अनि बुढेस काल मा सुखले रमाउला भन्ने हामी सबै को साझा सपना बनेको छ यति बेला ।

नेपाली मा एउटा उखान छ, कि त आफू टाठो, कि बाख्रा पाठो कि त लामो बाटो । टाढा बाठा लाई केही गर्ने अबसर भएन, ब्यबसाय गर्न लाई बाताबरण भएन त्यसैले सबै भन्दा उत्तम लामो बाटो देखियो । बिदेशमा कमाइ पनि आकर्षक, नेपालमा ब्यबसाय सन्चालन गर्न भन्दा सजिलो र छिट्टो भयर पनि होला अहिले आकाशको बाटो सबै बाटा भन्दा सजिलो बाटो बनेको छ । आफ्ना सबै घर व्यवहार थाती राखेर धेरै धन कमाउने, सुख सयलको जिन्दगी जिउने सपनामा आकाशको बाटो रोज्नु अपरिहार्य जस्तै बनिसकेको छ । थाहा छैन क कसका सपना साकार हुने हुन, को सपना सगै हराइ जाने हुन तर पनि लाखौ खर्चेर, भात खाने गैरी खेत बन्धक राखेर ज्यान हत्केलामा राखी बाउबाजे कोहि नगयको मुग्लान जानै पर्ने हामी नेपालिको नियती बनेको छ । कहिले काहीँ त यस्तो लाग्छ घामी बिदेसिको सेवा गर्न नै जन्मेका हौ कि ?

देख्ने लाई अति राम्रो, सुन्ने लाई अति राम्रो, वा! फलानो त बिदेस गयको कति चाडो घर घडेरी जोड्यो, फलानले यती कमायो । उसले यति जोड्यो सिङ्गो समाज हिसाब लगाउन थाल्छ तर त्यही कमाउन फलानाले के गर्यो त्यस को हिसाब गर्ने कसले ? बिदेश मा कति गार्हो छ त्यो सबैलाइ थाहा छ र धेरै ले कथा पनि लेखे, बिदेश का बेदना पनि लेखे । होला बिदेश बाट भित्रीएको रेमिटेन्स ले देश को आर्थिक अवस्थामा टेवा त पुग्यो होला, नेपालमा जहान परिवार ले मिठोमसिनो खाय होलान, राम्रो लगाय होलान । आफन्त तथा साथी भाइ को अगाडि पनि इजत बढेको जस्तो देखिने यो त फलानो देश को ग्रीनकार्ड, पिआर, रातो पासपोर्ट होल्डर मान्छे हो । नेपाल बाट आफन्त लाई पनि रमाइलो छ मेरो यो नाता पर्ने यो देस मा छ । नेपाल मा भयका आफन्त र साथी भाइ पैसा फल्ने रुख अनि आवस्यकता पूरा गर्ने साधन जस्तै बनिसकेको हुन्छ बिदेसियको मान्छे ।

अफु जन्मेको देश, आफ्नो गाउघर र परिवार सग बिछोडियर बाच्नु दुखद त छदै छ त्यस माथी बिदेश आउने मान्छे को स्वाभिमान र आत्मसम्मान पनि बाकी रहदो रहेनछ । सबै आर्थिक अवस्था कमजोर भयर नेपाल मा अबसर नपायर मात्रै बिदेस आयका पनि हुदैनन ।बिदेशका गल्ली मा कसलाइ भन्ने म स्वाभिमानी नेपाली हु, यहाँ कसलाइ सुनाउने हामी वीर गोर्खाली का सन्तती हौ भनेर , कस्लाइ के वास्ता यो फलाना मुखिया को नाति हो, यहाँ कस्लाइ भन्न जाने म नेपालको फलाना कम्पनिको मालिक हु फलाना स्कुल को मास्टर हु । हामी सग युरोप अमेरिकामा तत्काल काम लागिहाल्ने कुनै विशेष ज्ञान सीप पनि छैन ।

नेपालमा जे काम गरेपनी यहाँ सुरुवात जिरो लेभल बाट गर्नु को बिकल्प छैन । तल्लो स्तरको काम गर्नु, बिदेसिका जुठा भाडा माझ्नु पर्दा, तिनका गाली सुन्न अनि सहन पर्दा कहिले काहीँ त छाती पोल्दो रहेछ, आफ्नो स्वाभिमानले कता कता गिज्याय जस्तो लाग्दो रहेछ तर पनि के गर्ने फर्किने बाटो त छ तर सहज छैन अनि फेरि कयौ हण्डर खायर ठाउँ मा आइपुगेको मान्छे आफ्नै सपनाको मलामी त को जान चाहन्छ र ? बिदेश मा दुख समस्या त छदैछ कहिले काहीँ स्वदेश मा रहेका केही आफुलाइ देशभक्त सम्झने हरुले अबसरबादी अनि पलायन बादी को बिल्ला भिराइदिदा मन भारी हुदो रहेछ ।

नेपाल मा बस्दैमा देशभक्त हुने र बिदेस जादैमा पलायनबादी हुने भन्ने हुदैन होला सायद । जो जहाँ छौ सबैले आफ्नो ठाउँ बाट देश बनाउन के कति योगदान गर्न सकिन्छ त्यो बारे सोच्नु जरुरी छ । आफ्नो जिबनका उर्जा्सिल समयमा बिदेशिको दास हुन मन त कस्लाइ पो हुन्छ र तर एउटा तितो एथार्थ यो पक्कै हो कि त जे जस्तो प्रतिकुल परिस्थिती आय पनि स्वदेश मै सङ्घर्स गर्ने हिम्मत जुटाउनु पर्यो होइन भने जुन दिन हामी आफ्नो सपनाको जहाज चढेर आकासको बाटो रोज्छौ त्यो दिन देखि हाम्रो स्वाभिमान र आत्मसम्मान को तिलान्जली चाहिँ पक्कै दिनु पर्दो रहेछ ।  –लेखक अहिले पोर्तुगल बस्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित