बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमााडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभुबीच महाकालीमा पुल निर्माण लगायत विभिन्न १५ वटा सडक आयोजना निर्माणका लागि ऋण सहयोगबारे सहमति पत्र आदानप्रदान भएको छ ।

भारतीय रेलमन्त्री सुरेश प्रभाकर र यातायातमन्त्री लेखकबीच पूर्व पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरमा महाकाली नदीमाथि चार लेनको पुल बनाउन र विभिन्न स्थानमा १५ वटा सडक निर्माण गर्न भारत सरकारले दिने करिब ३६ अर्ब ४७ करोड रुपैयाँ ऋण स्वीकृतिको अन्तिम सहमतिपत्र आपसमा आदानप्रदान भएको हो ।

पूर्वाधार शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय रेलमन्त्री सुरेश प्रभाकर र यातायामन्त्री लेखकबीच आईतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको कार्यक्रममा सहमतिपत्र आपनप्रदान भएको हो । ऋण स्वीकृतिका लागि अन्तिम सहमति पत्र हस्तानतरणपछि यातायातमन्त्री लेखकले भारतले नेपालको पूर्वाधार विकासका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरे ।

सहमतिपत्र आदानप्रदानपछि भारतीय रेलमन्त्री प्रभाकरले नेपाल–भारत सम्बन्ध उच्चस्तरको भएको भन्दै आगमी दिनमा पनि नेपालको पूर्वाधार विकासमा भारतले सधैं साथ दिने प्रतिवद्धता जनाए ।

द्वीपक्षीय भेटमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतो, भारतीय राजदूत रणजित रे र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङलगायत भारतीय प्रतिनिधि मण्डलका सदस्यको सहभागिता थियो ।

दुई देशका प्रतिनिधिबीच भएको छलफलमा हुलाकी सडक निर्माणमा भारतीय सहयोग, नेपालमा रेल सेवाको विकास र निर्माणधीन आयोजनाहरुको प्रभावकारीताबारे पनि छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया