शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – ६७ औं प्रजातन्त्र दिवस जापानमा पनि एक समारोहका बिच मनाईएको छ । जापानको टाकियोस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूत, उद्योगमन्त्री, एमाले केन्द्रिय सदस्य, गैर आवासिय नेपाली संघ, राजनीति दलका भातृ संगठन लगायतको उपस्थितीमा प्रजातन्त्र दिवस मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएको उद्योगमन्त्री नविन्द्रराज जोशीले प्रजातन्त्र दिवसको अवसरमा सम्पुर्णलाई सुभकामना दिनुहुदै जापानमा रहेका नेपालीहरुले नेपालको विकासमा योगदान पुर्याउनुपर्नेमा जोड दिनुभयो ।  उहाँले नेपालको विकास र उन्नतीमा गैर आवासिय नेपालीहरुको पनि ठुलो योगदान रहेकोे भन्दै देशप्रतिको मोहलाई विर्सन नहुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरेले प्रजातन्त्र दिवसको महत्वमाथी प्रकाश पार्नुहुदै देशको संक्रमण अन्त्य गरी आर्थिक विकासमा होमिन राजनीतिक शक्तिहरुबीच एकताको विकल्प नभएको बताउनु भएको छ । उहाँले राजनीति गतिरोधको अन्त्य नभएसम्म देशको विकास नहुने भन्दै देशको विकासका लागी राजनीतिक शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले उद्योगमन्त्री लगायत नेताहरुको सहभागितामा दिवस मनाउन पाउनु गौरवको कुरा भएको बताउनुभयो ।
उहाँले शहिदको बलिदानीलाई स्मरण गर्दै जापानमा रहेको नेपाली समुदायले देखाएको उपस्थिती प्रति धन्यावाद ज्ञापन गर्नुभयो । यस किसिमको भाइचारा सधै आवश्यक रहेको भन्दै उहाँले जापानमा आर्जन गरेको ज्ञान–सिपलाई नेपालको विकासमा लगाउन समेत आग्रह गर्नुभयो ।

शहिदको सम्झनामा १ मिनेट मौनधारण गरी सुरु भएको कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितीका उपाध्यक्ष भवन भट्ट, गैर आवसीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापा, राजनीतिक दलका जापानस्थित संघ–संगठनमा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
दिवसका अवसरमा राजदूतावासले राजदूतावास र राजदूतनिवासमा ३ दिन दिपावली गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया