शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – वैज्ञानिकहरुले निधनपछि आफ्नो मस्तिष्क दान गर्न मानिससँग अपिल गरेका छन् । अनुसन्धानका लागि मष्तिस्कको अभाव भएकाले मस्तिष्क दान गर्ने बानी बढाउनु पर्नेमा वैज्ञानिकले जोड दिएका हुन् ।

डिप्रेसशनसहितका अरु विभिन्न मानसिक अवस्था र त्यससँग सम्बन्धित रोगको अनुसन्धानका लागि मष्तिस्कको अभाव भएको वैज्ञानिकको भनाई छ । यसले गर्दा अनुसन्धान प्रभावित भएको र मानसिक रोग तथा अरु विभिन्न प्रकारका न्युरोलोजिक डिसअडरको उपचार तथा नयाँ उपचार विधी पत्ता लगाउने काममा समस्या हुने गरेको छ ।

मानव मस्तिष्क जतिको सुन्दर छ त्यती नै बुझ्नका लागि गम्भीर पनि रहेकाले अनुसन्धानका लागि धेरै मस्तिष्क चाहिने गरेको छ । मस्तिष्कका विभिन्न तारको व्यवहारमा परिवर्तन भइरहेने भएकाले एउटै रोगको अध्ययनका लागि धेरै मस्तिष्कको अध्ययन गर्नु पर्ने वैज्ञानिकको भनाई छ ।

पछिल्ला केही अध्ययनले मानिसको मस्तिष्कको आकार र मानसिक तथा न्युरोलोजिकल डिसअडरको सम्बन्ध रहेको देखिएको छ । तर यसलाई पुष्टि गर्नका लागि अझै धेरै मस्तिष्कको अध्ययन हुनु पर्ने अुनसन्धानकर्ताको भनाई छ ।

विश्वको ठूलो मस्तिष्क बैंक अमेरिकाको बोस्टनमा रहेको म्याकलेन अस्पतालको हार्वर्ड ब्रेन टिस्यु रिसोर्स सेन्टरमा तीन हजार भन्दा धेरै मस्तिष्क छ । पार्किनसन, अल्जाइमरसहित सम्पूर्ण मानसिक रोगको अवस्था अध्ययन तथा उपचारका लागि थप मस्तिष्क आवश्यक पर्ने वैज्ञानिकले बताएका छन् ।

तपाईको प्रतिक्रिया