शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

बग्दाद – इराकमा बिहीबार भएको कारबम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको इराकी प्रहरीले शनिबार जनाएको छ ।

घटनामा ६६ जना इराकी नागरिक घाइते भएका छन् । इराकको दक्षिणमा रहेको अलवाया क्षेत्रमा ५५ जनाको मृत्यु भएको र ६० जना घाइते भएको प्रहरीले बिहीबार जनाएको थियो ।

घटनाको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ । शुक्रबार बिहान आईएसद्वारा एक विज्ञप्ति जारी गरी आफ्नो समूहमा आवद्ध लडाकूले रोकी राखेको कारमा विस्फोट गराएको र सो विस्फोट ‘फिफ्थ पोलिस डिस्ट्रक्ट’ र सियाहरुको जमघटलाई लक्षित गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया