शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – तेस्रो अन्तर दोहोरी साँझ स्तरिय गोल्डेन ओक ‘रनिङ् सिल्ड’ यही फागुन १२ देखि १६ गतेसम्म हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठिन नेपालले आज रिपोर्टर्स क्लब नेपालमा प्रतिष्ठिनले पत्रकार सम्मेलन गरेर लोक संस्कृतिको सम्बद्र्धन र प्रतिष्ठानको निजी भवन निर्माणको उद्देश्यले प्रतियोगिता गर्न लागेको हो

प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको संरक्षण, नयाँ प्रतिभाहरुलाई प्रोत्साहन र भवन निमार्णको लागि उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनुभयो । उहाले विगत तीन बर्षदेखि हामी यो प्रतियोगिता गर्दै आईरहेको भन्दै प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माको परिकल्पनामा सुरु भएको प्रतियोगीताको यो निरन्तरताको स्वरुप भएको जानकारी दिनुभयो । उहाका अनुसार हिजोका दिनमा जुन तरिकाले सभ्य र भव्य तरिकाले सम्पन्न भएको थियो, यसपाली पनि विगतको भन्दा भब्य तरिकाले सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतियोगीतामा देशभरबाट ३० समुहको सहभागिता रहने आयोजकले जनाएको छ ।  नेपाली गीत संगीतमाथि बिदेशी गीतको प्रभाव बढ्दै गईरहेको पंगेनीले लोक संस्कृतिको संरक्षण गर्न राज्यलाई दवाब दिईरहेको बताउनुभयो । अघिल्ला प्रतियोगिता राजनीतिक दल वा सम्बन्धित मन्त्रीले उद्घाटन गर्ने गरेको भएपनि यसपालि फरक वर्गको व्यक्तिलाई प्रमुख अतिथी बनाउने कार्यक्रम रहेको जनाईएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५ हजार, दृतिय हुनेलाई ७५ हजार, तृतिय हुनेलाई ५० हजार, सान्त्वना २५ हजार धनराशिसँगै ताम्रपत्र र मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ । त्यसैगरि उत्कृष्ट गायक–गायिकालाई १५ हजार रुपैयाँ प्रदान गरिने र बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म चल्ने र साँस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने पंगेनीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया