शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – पाकिस्तानमा गत चार दिनको अवधिमा सात ओटा विस्फोटनका घटना भएका छन् । ती विस्फोटनहरुमा परी कम्तीमा १०१ जनाको मृत्यु भएको छ भने अरु ३०० जना भन्दा बढी घाइते भएका छन् । यसक्रममा पछिल्लो पटक बिहीबार बेलुका अर्को शक्तिशाली आत्मघाती बम आक्रमण भएको छ ।

पाकिस्तानको सिन्ध प्रान्तस्थित सूफी समाधिस्थलमा गरिएको सो आक्रमणमा परी कम्तीमा ७२ जनाको मृत्यु भएको छ । घटनामा अन्य २०० जना अन्य घाइते भएका प्रहरी अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानको जम्सोरो जिल्लामा पर्ने सेहवान सरहमा अवस्थित सन्तलाल शाहबाज कालन्दरको समाधिस्थलमा आक्रमण गरिएको थियो । प्रहरी उच्च अधिकारीहरुले युवा आत्मघाती बम आक्रमणकारीहरुले गराएको यो विस्फोट यस बर्षकै सवै भन्दा बढी दु्खदायी भएको बताएका छन् ।

उद्धार टोलीका प्रमुख फैसल इदीले घटनामा मृत्यु हुने मध्ये ४३ जना पुरुष, २० जना बालबालिका र ९ जना महिला रहेका जानकारी दिनुभयो ।  केही घाइतेहरुको अवस्था चिन्ताजनक रहेकाले मृतकहरुको संख्या थप बढ्न सक्ने उहाँले बताउनु भयो । सेहवान र छिमेकी सहरहरुमा सङ्कटकालको घोषणा गरी घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।

गम्भिर घाइतेहरुलाई थप उपचारका लागि विमानबाट कराँची लगिएको अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया