बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

 

टोकियो – ‘किक बक्सिङ्ग च्याम्पियन’ मोहन महर्जन ’ड्रागन’ ले भोलि फेव्रुअरी १८ तारिक एक महत्वपूर्ण खेलमा भाग लिनुहुने भएको छ । आज ओजित पत्रकार सम्मेलनमा ड्रागनले भोलि हुने खेलमा जित हात पारेर नेपाल र नेपालीको शीर उच्च राख्ने बताउनुभयो ।

Krush 73  नाम दिइएको उक्त खेलमा सहभागिताको लागि खेलाडीहरूको तौल नाप गरिएपछि पत्रकार भेटघाट गरिएको थियो, पत्रकार भेटघाटको आमेवा टिभीले प्रत्यक्ष प्रसारण समेत गरेको थियो । पत्रकार भेटघाटमा पत्रकारहरूका प्रश्नको उत्तर दिनुहुदै ड्रागनले भोलि हुने खेलमा उल्लेख्य नेपाली समर्थकको सहभागिता रहने आशा गरेको बताउनसभयो । उहाले आफूलाई मायाँ गर्ने नेपालीहरूको हौसला शक्तिमा परिणत भई आफूले खेल जित्ने समेत दावी गर्नु भएको छ ।

भोलि टोकियो डोमस्थित कोराकुएन हलमा अपरान्ह हुने खेलमा आफूलाई हौसलाका लागीन उपस्थित भइदिन जापानमा रहेका नेपालीहरूलाई पत्रकार सम्मेलनबाटै आमन्त्रण गरिएको छ ।


तपाईको प्रतिक्रिया