बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

जापानको नागोया शहरमा अवस्थित एक खाध्य बस्तु उत्पादन गर्ने कम्पनीमा नेपाली महिलाहरुलाई तोकिएको भन्दा बढि समय काम गराएको आरोपमा प्रहरीली २ जापानी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आइचीकेन खासुगाइ सिटीमा हाकेन कम्पनी संचालन गर्दै आएका साकाइ र खाध्य बस्तु उत्पादक कम्पनीका डाइरेक्टर मात्सुओका रहेको प्रहरीलाई उदृत गर्दै निप्पोन टेलिभिजनले जनाएको छ । उनीहरुलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । अभियुक्तहरुले ३ जना नेपाली महिलाहरुलाई मोरियामा कुमा रहेको खाध्य बस्तु उत्पादन तथा प्रसोधन कम्पनीमा भिसा स्टाटस अनुसार मिल्ने भन्दा बढि समय काम गराएको समाचारमा उल्लेख छ ।
उनीहरुले आफ़्नो गल्ती स्विकार गरेको प्रहरीले बताएको छ । नियतबस बिदेशी कामदारहरुलाई अबैधानिक रुपमा काम गराएको भन्दै उनीहरु माथी थप अनुशन्धान गरिने प्रहरीले संचारमाध्यामलाई बताएको छ । जापानको कानुन अनुसार डिपेन्डेन्ट र बिध्यार्थी भिसामा रहेका बिदेशीहरुले हप्ताको २८ घण्टा सम्म काम गर्ने अनुमती पाउंछन । तर अधिकांशले सो भन्दा बढि काम गर्ने गरेको अनुमान गरिन्छ ।

भिडियो हेर्नुहोस्:

भिडियो स्रोत : निप्पोन टिभी

तपाईको प्रतिक्रिया