शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

अमेरिका – अमेरिकाले इजरायल र प्यालेष्टायनबीच वर्षौदेखि चल्दै आएको संघर्ष अन्त्यका लागि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेको घोषणा गरेको छ ।

ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले दुई राष्ट्र नीति परित्याग गरेको बताउनुभएको हो । आफूले दुई राष्ट्रको साटो एक राष्ट्रका रुपमा देखिरहेको भन्दै उहाँले एक वृहत शान्ति सम्झौता गराउने र त्यसका लागि दुबै पक्षले मन मार्नपर्ने सुझाव दिनुभयो ।

ट्रम्पले विवादित क्षेत्रमा नयाँ भवन बनाउने काम केही समयका लागि बन्द गर्न पनि आह्वान गर्नुभयो । गएको महिना मात्र ट्रम्प राष्ट्रपति बन्ने बित्तिकै इजरायलले पश्चिमी किनारा र पूर्वी जेरुशलममा हजारौ घर बनाउन स्वीकृत दिएको थियो ।

इजरायल र प्यालेष्टायनबीच सन् २०१४ देखि वार्ता हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया