बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – दक्षिण कोरियाले सन् २०१७ को पहिलो ‘लट’मा लैजाने नेपाली कामदारको श्रम सम्झौता पठाएको छ । कोरियाले हालसम्म ५०० जना कामदारका लागि श्रम सम्झौता गर्न पत्र पठाएको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभयो । श्रम सम्झौता आउनेक्रम जारी रहेको पनि उहाले बताउनुभयो । 

सन् २०१७ का लागि इपीएस पास गरेका नेपाली कामदार छनोटका लागि शाखाले श्रम सम्झौतामा हस्ताक्षर गराउने, प्रहरी रिपोर्ट लिने, अभिमुखिकरण तालिम दिन सुरु गर्ने उहाको भनाई छ । कोरियाले कृषि र उत्पादनमूलक क्षेत्रका लागि कामदार लैजान श्रम सम्झौता पठाएको हो ।

रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत् कोरियन भाषा परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

तपाईको प्रतिक्रिया