मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

टोकियो – उच्च रक्तचाप तथा डिप्रेशनबाट पीडित चर्चित गायक सागर बोहोरालाई उपचारार्थ जापानमा सहयोग संकलन गरिएको छ ।
जापानमा रहेका कलाकर्मी तथा कलाप्रेमीहरुको सहयोगमा हाल काठमाडौं लगि गायक बोहोरालाई ग्राण्डी ईण्टरनेशनल अस्पतालमा उपचार गराई रहेको छ । बाग्लुङगको बाटाकाचौर घर भएका बोहोरालाई काठमाडौंसम्म पुर्याउन र अस्पताल भर्ना गर्न नेपालबाट समाजसेवी तथा खेलाडि जुनु पुन तथा रेशम बोहोराले सहयोग गर्नु भएको थियो । जापानमा रहेका कलाकारहरुले सागर बोहोरा उपचार सहयोग अभियान सञ्चालन गरी हालसम्म झण्डै जापानी यन् एक लाख ९४ हजार संकलन गरेको र यो अभियान निरन्तर रहेको अभियानका एक सदस्य गीतकार नारायण कंडेलले जानकारी गराउनु भयो। गायक बोहोराको अवस्था गम्भिर रहेको र उपचार खर्च अलि महंगो भएकाले हाल जापानसहित दुवई, कतार, अमेरिकालगायतका देशहरुमा पनि सहयोग अभियान चलाइरहेको बताइएको छ ।
सहयोग गर्न ईच्छुक व्यक्तिहरुले जापान पोष्ट बैंक १०८७००८२३०६०१ खाता नम्बरमा सहयोग रकम राख्न सक्ने पनि सागर बोहोरा उपचार सहयोग अभियानले जनाएको छ ।

तपाईको प्रतिक्रिया