बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – वीर अस्पतालको आइसीयुकक्षमा हेमोडायलाइसिस सेवा सुरु गरिने भएको छ । अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले सोमबार हामीसँग कुरा गर्दै अबको दुई महिनामा यो सेवा सुचारु गरिने जानकारी दिनुभयो । वीरले डायलाइसिस सेवा सुरु गरेको २५ वर्षपछि आइसीयुमा हेमोडायलाइसिस सेवा प्रदान गर्न लागिएको हो ।

रोटरी इन्टरनेसनलको ९० प्रतिशत सहयोगमा सुुरु गरिने सेवामा ९ ओटा डायलाइसिस मेसिन र कलेजोका बिरामीका लागी आवश्यकपर्ने ‘फाइब्रोस्कान’ मेसिन ल्याउने सम्झौता भएको छ । सो मेसिनको लागत दुई करोड रुपैयाँ भएको जनाइएको छ । त्यस्तै, हेमोडायलाइसिस मेसिन आएपछि दुईओटा आइसीयु र सातओटा नियमित डाइलेसिसका लागि प्रयोग गर्ने गर्ने जनाइएको छ ।

हेपाटाइटिस बी, सी र एचआइभीरएड्सका लागि दिइने यो सेवा सरकारी अस्पतालमा पहिलोपटक सन्चालन हुन लागेको हो ।

तपाईको प्रतिक्रिया