बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो – जापानमा नेपाली चलचित्र सायद – २ को ग्य्राण्ड प्रिमियर शो गरिने भएको छ । आगामी मे १४ मा जापान टोकियोको नाकानो जिरो हलमा चलचित्रको प्रिमियर शो गरिन लागेको हो । नेपालमा भने यो चलचित्र असार ३० मा रिलिज हुने पक्का भएको बताइएको छ ।

प्रिमियरमा सहभागी हुन निर्माता सुनिल रावल, दुर्गिस थापा, कलाकार शुसील श्रेष्ठ, स्यारोन श्रेष्ठ र रंग पत्रकार श्याम अर्याल टोकियो आउने भएका छन् । पुष्पराज न्यौपानेको निर्देशनमा रहेको चलचित्र सायद– २ लाई सुनिल रावल, इश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेका छन ।

चलचित्रमा शुशिल श्रेष्ठ, सारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, शुसिल सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ लगायतका कलाकारको विषेश अभिनय रहेको छ । यस अघि वनेको सायद चलचित्र दर्शकहरूको विषेश रोजाईको चलचित्र बन्न सफल भएको थियो ।

तपाईको प्रतिक्रिया