शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – सुरक्षित रुपमा शिशु जन्माउन पाल्पाका ८४ प्रतिशत महिलाले सुविधासम्पन्न प्रसूति गृहबाट सेवा लिएका छन् । सुरक्षित मातृशिशुका लागि यहाँका महिला स्वास्थ्य संस्था धाउन थालेका हुन् ।

पाल्पा जिल्ला सरकारी स्वास्थ्य संस्थामा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएपछि गत आवमा ८४ प्रतिशत महिलाले सुरक्षित रुपमा प्रसूति गृहमा आएर शिशु जन्माए । सरकारले मातृशिशु मृत्युदर घटाउने लक्ष्य लिई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था गरेपछि यहाँका महिला सुत्केरी हुन स्वास्थ्य संस्था धाउन थालेका हुन् ।

गत आवमा मात्र छ हजार तीन सय हराहारीका महिलाले स्वास्थ्य संस्थाम आएर प्रसूति गराए । जिल्लाका २५ स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएको छ ।

तानसेनको लुम्बिनी मेडिकल कलेज तथा स्वास्थ्यचौकीबाट महिलालाई निःशुल्क सुत्केरी हुने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया