बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – नेपाली काँग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक सङ्घको अध्यक्षमा तीर्थबहादुर थापा पुनःनिर्वाचन हुनुभएको छ । 

सङ्घको सहमतिमा चयन भएको नयाँँ नेतृत्वमा अध्यक्षमा थापा, वरिष्ठ उपाध्यक्षमा जनार्दन आचार्य चयन हुनुभएको छ । त्यस्तै सङ्घको महामन्त्रीमा दुर्गा रायमाझी, शिवशङ्कर रिजाल र रोशनी केसी चयन हुनुभएको छ ।

सङ्घको महाधिवशेन प्रतिनिधि विवादका कारण निर्वाचन हुन नसकेपछि पार्टीले गठन गरेको निर्देशक समितिले मंगलबार सहमतिका आधारमा पाँच जना पदाधिकारीको टुङ्गो लगाएको हो ।

कार्यसमितिका बाँकी ८० पदाधिकारी तथा सदस्यको शीघ्र सहमतिका आधारमा चयन गरिने बताईएको छ ।

तपाईको प्रतिक्रिया