शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – युवा पुस्ताका चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिएमको नयाँ कौडा गीत सार्वजनिक भएको छ । लोक तथा दोहोरी गीतको क्षेत्रमा विभिन्न नयाँ प्रयोगहरु गर्दै आएका गोपालले पछिल्लो समय कौडा गीत बजारमा ल्याउनुभएको हो ।

आफ्नै शब्द र लयमा ‘आज माया किन रिसियो’ गीत आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरिएको गायक गोपालले बताउनुभयो । गीतमा उहाँलाई जुना शिरिसले स्वरमा साथ दिनुभएको छ  ।

गीतको म्युजिक भिडियोसमेत तयारी गरी सार्वजनिक गरिएको गायक गोपालले जानकारी दिनुभएको छ । म्युजिक भिडियोको विक्रम चौहानले निर्देशन गर्नुभएको छ, भने वाशु बरालको छायांकन रहेको छ ।

(भिडियो हेर्नुहोस्)

तपाईको प्रतिक्रिया