बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – सरकारले फागुनमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ । अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फागुन २१, २२ र २३ गते ३० जिल्लाका दुई वर्षभन्दा माथिकालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउनेछ ।  तीन दिनसम्म चल्ने अभियान अन्तर्गत पहिलो दिन २१ गते जिल्लाका विभिन्न बुथहरुमा औषधि खुवाइनेछ भने दोस्रो र तेस्रो दिन घरघरमै पुगेर औषधि खुवाउने योजना छ ।

दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरीले हात्तीपाइलेको औषधि खान नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले बताउनुभयो । यस्तै, खाली पेटमा पनि यो औषधि नखान उहाँको सुझाव छ ।

तपाईको प्रतिक्रिया