शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं – नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) एक्सचेन्जबाट मिनी आइपिओ जारी गर्न अनुमति पाएपछि अहिले शेयर बजारमा लगानी गर्नेहरुको ध्यान तानिएको छ । नेपालीले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय खोलेर काम गरिरेहको कम्पनीले अमेरिकामा सेयर निस्कासन गर्नु मुटुमा नेपाली रगत बहनेहरुलाई गौरवको कुरा भएको छ। सगुनले अमेरिकामा सेयर जारी गर्नु जति गौरवको कुरा छ त्यति जति प्रवासमा रहेका हरेक नेपालीले लगानी गर्न पाउनु अर्को अभूतपूर्व अबसर हो ।
विदेशमा बसेर रातदिन दुख गरेर बचत गरेको रकम कतै लगानी गरेर भविष्यमा त्यसको प्रतिफल खान चाहनेहरुले सगुनमा लगानी गर्दा के होला भनेर सोधखोज गरिरहेका छन् । सगुन इंक अमेरिकामा दर्ता भएको स्टार्टअप आइटी कम्पनी हो । यसले भारतको नयाँदिल्ली र काठमाडौंमा कार्यालय स्थापना गरेर आफ्ना प्रोडक्टहरु डेभलपमा लागिरहेको छ । एक अर्कालाई सामाजिक संजालमा जोड्ने फरक प्लेटफर्म उपलब्ध गराउने र यसले आफ्ना प्रयोगकर्ता बढाएर गरेको आय तिनै प्रयोगकर्तालाई बाँड्ने विलकूल नविनतम सोच लिएर आफ्नो ब्यवसायिक योजना अगाडि बढाइरहेको छ ।
यसले भर्खरै अमेरिकाको ‘जब्स एक्ट’ अनुसार अमेरिकामा मिनि आइपीओ निस्कासन गर्ने अनुमति पाएको छ । मिनि आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन् ।
स्टार्ट अप कम्पनी भनेको भोलि राम्रो विस्तार हुन सक्ने सम्भावना भएको कम्पनीको सुरुआतको स्टेज हो । यस्तो अबस्था फेसबुक सुरुआत हुँदा ताका थियो । अहिलेको सगुनको अबस्था आजभन्दा १० बर्षअघि अहिलेको चर्चित कम्पनी फेसबुकको थियो । लगानी जुटाउन त्यति बेला फेसबुकले आफ्नो शेयर सस्तोमा बेच्नु परेको थियो । त्यतिखेर सर्बसाधारणलाई त्यस्ता कम्पनीमा लगानी गर्न पाउने कानुन थिएन । त्यसैले ठूला लगानीकर्ताहरुले फेसबुकमा त्यतिखेर गरेको लगानीबाट १ हजार २ सय गुना कमाइ गरिसकेका छन् । अहिले दोस्रो बजारमा फेुसबुकको सेयर किन्न चाहनेहरुले त्यही बढेको मूल्य तिर्नु पर्छ । अहिले किनेको सेयरले त्यति प्रतिफल दिने कल्पना गर्नै सकिन्न । त्यसको बजार विस्तारको सीमा निकै साँघुरो भइसकेको छ । 
सगुनमा अहिले लगानी गर्दा भोलि यसले आफ्नो स्वरुप फेसबुकले जस्तै विस्तार गरेको अबस्थामा त्यसको प्रतिफलको हकदार तिनै सेयरधनी हुने छन् । नेपालकै उदाहरण हेर्दा एक दशकअघि नेपाल लिभरको १ हजार रुपैयाँको सेयर किन्नेहरुको सेयर मूल्य अहिले ३ लाख रुपैयाँ नाघेको छ । तीन दशकअघि तत्कालीन नेपाल अरब बैंक (अहिलेको नविल बैंक) मा ६ सय रुपैयाँ लगानी गर्नेहरुको सम्पत्ति अहिले १ लाख रुपैयाँभन्दा बढी भएको छ । लगानीकर्ताले बर्षेनी पाएको नगद लाभांशको त हिसावै छैन । नेपाल लिभरका १० वटा सेयरमा १ हजार लगानी गर्नेहरुले यस बर्षमात्र १० हजार रुपैयाँ नगद लाभांश बुझेका छन् ।
सुरुआतको कम्पनी भएको सगुनको भविष्यको अनुमान अहिल्यै लगाउन सकिन्न । त्यसैले यसमा लागनी गर्नु जोखिम मोल्नु जस्तै हो । त्यसैले बजारमा यसको सेयर मूल्य पनि कम छ । हुनतः सगुनको सुरुआतमा लगानी गर्ने संस्थापक लगानीकर्ताको सम्पत्तिको बजार मूल्य अहिले २३ गुणाले बढी सकेको छ । त्यसैले सगुनले प्रतिसेयर २३ डलरका दरले मिनी आइपिओ विक्री गर्ने अनुमति पाएको छ । भोलि यही दरमा मूल्य नबढ्ला भन्न सकिन्न । तर मूल्य बढ्ने ग्यारेन्टी नभएकाले हौसिएर आफूले कमाएको भएभरको सम्पत्ति यसैमा खन्याउनु पनि बुद्धिमानी हुन्न । सगून भोलिको फेसबुक हुन सक्छ । त्यस्तो तरक्की नगर्न पनि सक्छ । त्यसैले अहिले सगुनमा गरिने लगानी कुनै भाग्योदय चिठ्ठा किन्नुजस्तै हुनसक्छ ।
सेयरमा लगानी गर्नेहरु जोखिम मोल्न हिम्मत गर्नेहरु हुन् । अहिलेको नेपालको सेयर बजारलाई नजिकबाट हेर्नेहरु बजारको अबस्थालाई बुझ्न सक्छन् । नेपालमा प्राथमिक सेयर निस्कासन हुँदा लामो लाइन लाग्ने गरेको छ । भर्खरै निस्कासन भएको फर्वाड कम्युनिटी माइक्रोफाइनान्सको ६ करोड रुपैयाँको सेयरमा ५ अर्बभन्दा बढीको आवेदन परेको छ । उनीहरुले प्राथमिक सेयरमा जोखिम नदेखेर लगानी गर्न तयार भएका हुन् । त्यसैले तपाईं जति जोखिम मोल्ने हिम्मत गर्नु हुन्छ त्यति लगानी गर्नु उपयुक्त हुन्छ । भोलि सगुनमा गरिएको लगानी नफर्केने अबस्था आउँदा समेत पछुतो नहुने गरी लगानी गर्नु उपयुक्त हुन्छ ।
सगुन sagoon.com ले मिनी आइपीओमार्फत २ करोड डलरको सेयर निस्कासन गर्दै छ । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्नु पर्छ । यस हिसाबले कम्तीमा २९९ डलर लगानी गर्नुपर्ने हुन्छ । त्यसभन्दा बढी लगानी गर्न पनि सकिन्छ । सन् २०१४ तिर सगूनले परिवार तथा साथी, चिनेजानेकाहरुबाट लगानी गराउँदा लगानीकर्ताको लागि निकै ठूलो जोखिम थियो । अहिले सगुनको प्रगतिले लगानीकर्ताहरुको जोखिम निकै घटाएको छ । यसले भोलिको सम्भावना देखाउन थालेको छ ।
सगुनले ब्यवसायिक योजना बनाइरहेको छ । मोवाइल एप्सलगायतका प्रोडक्टको विकासमा यसका इन्जिनियरहरु लागिरेहका छन् । यसले स्मार्ट कार्ड प्रचलनमा ल्याउने तयारी गरेको छ । प्रयोगकर्ताहरुलाई आफ्नो कमाइको हिस्सा बाँड्ने योजना बनाएको छ । यसले गर्दा यसको कमाइ छिट्टै सुरु हुने छ । त्यस अलावा कम्पनीले सेयर अमेरिकी बजारमा लिस्टिङ गर्नेछ । त्यसपछि लगानीकर्ताले सजिलै आफ्नो सेयर बजारमा चलेको मूल्यमा बेच्न पाउने छन् । सगुनको कमाइ अनुसार बर्षेनी पाउने नगद र बोनस प्रतिफल त छँदैछ ।
अहिलेका आइटीका ठूला कम्पनीहरु फेसबुक, अलिबाबा, उबर, गुगल, ट्विटरलगायत सबैले सगुनको अहिलेको अबस्था भोगेका हुन् । तिनका लगानीकर्ता अहिले त्यतिकै अरबपति भएका हैनन् । उनीहरुले भविष्य देखेर लगानी गरेका थिए, र त्यसको प्रतिफल पाए । त्यतिखेर ति कम्पनीमा सर्बसाधारणलाई लगानी गर्ने अबसरै थिएन । अहिले अबसर आएको छ । यसै सातादेखि सगुनले मिनी आइपिओ निस्कासन शुरु गरेको छ । स्वविवेक प्रयोग गरेर सगुनमा आफ्नो क्षमताले भ्याउने लगानी गरेर भोलिको उच्च प्रतिफल बुक गर्ने कि ?

तपाईको प्रतिक्रिया