बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौं  – नेपाल टेलिकमले शनिबारदेखि प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर–जी सेवा दिने भएको छ । आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा शनिबारदेखि काठमाडौं र पोखराका प्रिपेड सिम प्रयोगकर्तालाई पनि फोर–जी सेवा दिन लागेको हो ।

टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटिएस टावरलाई अपग्रेड गरिएको छ । यस्तै पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ ।

झण्डै ३९ करोड रुपैयाँ खर्चिएर फोर–जी सेवा सुरु गरेको टेलिकमले जनाएको छ । गएको पुस १७ गतेदेखि काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई टेलिकमले फोर–जी सेवा दिइरहेको छ ।

तपाईको प्रतिक्रिया