शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – खोज्यौं भने म जताततै छु, छाम्यो भने त्यही मनमा कतै छु, मेरो झल्को आएमा जल्न लाको घर हेरे ढल्न लाको बर हेरे मलाई देख्न मन लाएमा । यी मर्मस्पर्सी शब्द मेरो झल्को आएमा बोलको गीतका हुन् । बजारमा आएको केही दिनमा नै यु-ट्युबमा  निकै चर्चा कमाएको यो गीतले लाखौं दर्शक स्रोताको मन छोएको छ ।

चर्चित गायिका देबी घर्ती र बाबुराम पन्थिको आवाजमा सजिएको मेरो झल्को आएमा बोलको गितले यु-ट्युबमा  चर्चा कमाएको हो । गीतकार तथा संगीतकार एकनारायण भण्डारीको संगीत, प्रल्हाद सुवेदीको शब्द रहेको यस गीतलाई सीतारा म्यूजिक प्रा.लीले बजारमा ल्याएको हो ।

पछिल्लो समयका ब्यस्त र चर्चित मोडेल रञ्जिता गुरुङ र महेन्द्र गौतमको उत्कृष्ठ अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन भने प्रकाश भट्टले गर्नुभएको छ । फाट्टफुट्ट गीत गाइरहनुभएका बाबुराम पन्थि विचमा हराएको जस्तो देखिएपनि यो गीतबाट उहाँको उत्कृष्ट पुनरागमन भएको जानकारहरु बताउछन् ।

गीतमा चोखो माया गर्ने जोडी विछोडिए पछिको अवस्थालाई उजागर गरिएको छ । निकै राम्रो बनेको यो गीतबाट बाबुराम पन्थी लगायत टिमलाई सफलता मिलोस समुद्रपारी डट.कमको शुभकामना ।

भिडियो

तपाईको प्रतिक्रिया