मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – नेपाल टेलिकमले शनिबारदेखि कल रिङ ब्याक टोन (सिआरबिटी) सेवा फेरि सुरु गर्दैछ । केही समयअघिदेखि बन्द सेवा शनिबारदेखि फेरि दिन लागेको टेलिकमले जनाएको छ ।

सिआरबिटी सेवा लिएपछि आफूले मन परेको गीत सेट गर्न सकिन्छ । त्यसपछि फोन गर्नेले त्यो गीत सुन्न सक्छ । त्यसबापत निश्चित रकम ब्यालेन्सबाट काटिन्छ ।

त्यो रकममध्येको केही प्रतिशत गीतका सर्जकलाई उपलब्ध गराउने गरिन्छ । १३ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले ग्राहकलाई केही नयाँ अफर घोषणा गर्ने तयारी पनि गरेको छ ।

तपाईको प्रतिक्रिया