शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

कहिले काही यस्तो संयोग हुन्छ ! जो कसैले पनि कल्पना गरेको हुदैंन । वर्तमानको परिवेशले विगतको परिवेशलाई सम्झन बाध्य बनाउँछ । इतिहासका कुनै पनि कालखण्डहरु कुनै सम्झना योग्य हुन्छन, भने कुनै कालखण्डहरु सम्झना अयोग्य हुन्छन । त्यहि मध्यको यो पंक्तिकार पनि आज विश्वको अल्पविकसित देश र विश्वको शक्तिराष्ट्र विचको तुलना गर्न पुगेको छ ।

वि.स. २०१७ 
कुरा गर्ने हो, भने पनि के यो साँक्षी हो ? भन्नेहरुको कमि पनि छैन तर भएको सत्य नै हो । वि.स. २०१७ मा राजा महेन्द्र शाहलाई नेपालको इतिहासमा कहिल्यै पनि नमेटिने एउटा ‘कु’ को प्रतिक मानिएको छ । वि.स. २००७ सालमा स्थापना भएको प्रजातन्त्रको घाँटी रेट्ने काम उनले गरेका थिए । जननिर्वाचित सरकालाई आफ्नो नियन्त्रणमा लिएर निरंकुश शासन लाद्न सुरु गरेका थिए । देशलाई विखण्डन गर्ने शक्तिहरुको उद्य हुन लागेको र शान्ति सुरक्षा असफल भई देश भ्रष्टाचारीको दलदलमा फस्न लागेको भन्दै महेन्द्रले त्यो कदम चालेका थिएन भने त्यसको देशब्यापी रुपमा विरोध भएको थियो । त्यो तानाशाह शासन ढाल्नको लागि हजारौं नेपालीहरुले बलिदान दिनु परेको थियो । महेन्द्रको तानाशाहले देश विकास तर्फ होइन झन अल्पविकसित बनायो ।

देशमा ठूलो द्वन्द्वको सुरुवात भयो । नेपाली जनता आफ्नो हक अधिकारको निमित्त भन्दैं सडकमा ओलिए भने महेन्द्रले भने आफ्नो कदम सहिभएको भन्दै आन्दोलनलाई दवाउन पुगे । त्यसबखत देशमा दक्षिणपन्थी र वामपन्थीहरुको वीच युद्धको आरम्भ भयो । एक पक्षले देशमा आफ्नो प्रभूत्व अजम्वरी झै बनाउन खोजेको थियो भने अर्को पक्ष त्यो अजम्वरी प्रभूत्वलाई समाप्त गर्न खोजेको थियो । अन्तत महेन्द्रले अवलम्वन गरेको शासनले राजाहरुको आयु नै छोट्टाई दिएको थियो । त्यपछि उनको काण्ड नै बहुदलिय ब्यवस्थाको जन्म भयो । जसको परिणाम स्वरुप देशमा गणतन्त्रको वीजारोपण संकेत हुन पुग्यो । यसरी वि.स. २०१७ लाई हेर्दा नेपालमा एउटा तानाशाह शासनले जानताको हक अधिकारलाई कुण्ठित गरी आफ्नै राज चलाउने मनोवृत्तिका घेणिात पात्र महेन्द्र शाह थिए ।

उनका आसेपासेले त गनुगान गाउँने नै भए तर बाध्यताले महेन्द्र ठिक हुन भन्ने परिस्थितिमा पुगेका जनताहरु त्यो घटनालाई सम्झना गर्दा पनि अहिले आँखाबाट आँशु झार्न छोडेका छैनन् । महेन्ले गरेका सवै कुराहरु गलत थिए भन्नपनि सकिदैन । देशको राष्ट्रियता र सार्वभौमिकता विषयमा चालेको कदम ठिक नै थयो । आफु अनुकलको ब्यवस्था नभएको, राष्ट्रियताको नारा लगाई नेपालको तर्फबाट पहिलो पटक छिमेकि देशको विरोध गरे । त्यसवेला साम्यवादी र विस्तारवादी प्रति चालेको कदम राम्रो भएपनि देशको स्वाधिनतको शिरमा टेकेर जनताप्रति लादिएको शासन गलत नै थियो । जो नेपाली जनताहरुलाई कहिल्यै पनि स्वीकार्य थिएन ।

परिणाम स्वरुप महेन्द्र काण्ड भयो । अहिले आएर नेपाली जनताबाट जननिर्वाचित जनप्रतिनिधिद्धारा लेखि नेपालको संविधान वि.स. २०७२ घोषणा भईसकेको छ । विस्तारै कार्यान्वयनको बाटो तर्फ बढीरहेको छ । तर त्यो काण्ड नेपाली जताहरु कहिल्यै पनि नदोहोरियोस भन्ने चाहान्छन । त्यो घटना एउटा नेपालको मात्र थियो जो घटना इतिहासको पानामा कैद गरीएको छ ।

सन् २०१७
विश्वको शक्तिशालिक मुलक अमेरिकामा सन् २०१६ को नोभेम्वर ८ तारिखमा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन पराजीत गर्दै रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड जोन ट्रम्प राष्ट्रपतिको पदमा निर्वाचितभई स्न २०१७ को जनवरी २० तारिकमा अमेरिकाको ४५ औंं राष्ट्रपतिको रुपमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोवर्टस्म जुनियरबाट शपथ लिए । आफ्नो शासन सुरु गरेसँगै डोनाल्डले छोटो सम्बोधन गरे । ‘आज हामी एउटा प्रशासनबाट अर्कोमा एउटा पार्टीबाट अर्कोमा शक्ति हस्तान्तरण मात्र गरिरहेका छैनौँ । हामी वासिङटन डिसीबाट तपाइँ, जनतामा शक्ति हस्तान्तरण गरिरहेका छौं, वासिङटन फक्रियो, तर यसको सम्पतिमा जनताले सेयर पाएनन्, नेताहरु सम्पन्न भए तर जागिर गुम्यो, फ्याक्ट्रीहरु बन्द भए। संस्थापनले आफूलाई रक्षा गर्यो तर देशका नागरिकलाई गरेन।

उनीहरुको विजय तपाईँको विजय हुन सकेन । आजको दिन जनता यो देशको पुनः शासक भएको रुपमा सम्झना गरिनेछ। दशकौँदेखि हामीले विदेशी उद्योगलाई फस्टाउन दियौँ अमेरिकी उद्योगको साटो, अरु देशका सेनाहरुलाई सुविधा दिएर हाम्रो सेनालाई कमजोर बनायौँ । अरु देशको सीमा रक्षा गरेर आफ्नै सीमा रक्षा गर्न सकेनौँ । समुद्रपारी खवौं डलर खर्च गरेर अमेरिकी पूर्वधारलाई खत्तम बनायौँ । हामीले अरु देशहरुलाई धनी बनायौँ तर हाम्रो देशको सम्पति, शक्ति र विश्वासलाई कमजोर बनायौँ । हाम्रो मध्यम वर्गको सम्पति उनीहरुको घरबाट खोसेर विश्वमा वितरण गर्यो । तर यो विगतको कुरा हो। र अब हामी भविष्षय हेरिरहेका छौँ। आजको दिनदेखि अमेरिका पहिले अमेरिका पहिले हुनेछ । ब्यापार, कर, अध्यागमन, विदेश मामिला हरेकमा निर्णय अमेरिकी कर्मचारी र अमेरिकी परिवारको हितमा हुनेछ। अमेरिकाले फेरि जित्न थाल्नेछ र पहिले कहिल्यै नजिते जसरी जित्नेछ ।

हामी हाम्रो रोजगार फिर्ता ल्याउने छौं । हामी हाम्रा सीमाहरु फिर्ता ल्याउनेछौँ । हामी हाम्रो सम्पति फिर्ता ल्याउने छौँ । र हामी हाम्रा सपनाहरु फिर्ता ल्याउने छौँ, हामी नयाँ बाटो र राजमार्गहरु र पुलहरु र विमानस्थलहरु र सुरुङहरु र रेलमार्गहरु हाम्रो सुन्दर देशभर बनाउने छौँ। हामी हाम्रो देशको पुननिर्माण अमेरिकी हात र अमेरिकी श्रमबाट गर्नेछौँ। हामी दुई वटा सरल नियम अपनाउने छौं अमेरिकी किन र अमेरिकी श्रम काममा लगाऊ। हामी पुराना गठबन्धनहरुलाई बलियो बनाउने छौं र नयाँ बनाउने छौं र सभ्य संसारलाई कट्टरपन्थी इस्लामिक आतंकवादविरुद्ध एकतावद्ध बनाउँदै पृथ्वीबाट निर्मूल पार्नेछौँ । हामी कुरा मात्रै गर्ने काम नगर्ने र गुनासो मात्रै गर्ने नेताहरुलाई स्वीकार गर्ने छैनौँ। कुरा मात्र गर्नेको समय सकियो । अब काम गर्ने बेला आयो खैरो वा गोरो, हामी देशभक्त सबैको रगत रातो हुन्छ। हामी मिलेर अमेरिकालाई बलियो बनाउँछौँ। हामी अमेरिकालाई फेरि धनी बनाउँछौं । हामी अमेरिकालाई फेरि गर्व गर्ने बनाउँछौँ। हामी अमेरिकालाई फेरि सुरक्षित बनाउँछौँ । र हो, सँगै मिलेर हामी अमेरिकालाई फेरि महान् बनाउँछौं ।’

सम्वोधनको समयमा डोनाल्डले बोलेका सारसंक्षिप्तक बाक्यशं हुन यी । उनको भाषण र शपथ पछि चालेका कदमहरुले अहिले विश्वमा हलचल ल्याईदिएको मात्र छैन, देशभित्र ठूलो द्वन्द्वको वीउँ रोपिदिएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन हार र रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड जोन ट्रम्प जित भएदेखि अमेरिकामा दिनदिनै ठूलठूला प्रर्दशन हुदैं आएका छन । शपथग्रहणसँगै गरीको सम्बोधनमा लाखौं जनताहरु डोनाल्ड विपक्षमा प्रदर्शन गरिरहेका थिए भने लाखौं जनताले उत्साह मनाईरहेका थिए । शपथग्रहणको हप्तादिन पुग्दा पनि अमेरिकाको राष्ट्रपतिले सम्बोधन गरेको राप विश्वबाट सेलाउन सकेको छैन । डोनाल्डको शासनले विश्वमा एउटा तरङ्ग ल्याईदिने दिने छ । त्यसले भोलिका दिनमा अमेरिकाको अन्यदेशको नीति र त्यहाँका नागरिकहरुको हक अधिकार विषयलाई दिएर ठूलो घटना घट्न सक्ने विश्लेषकहरुको बताउँदै आएका छन । उनले गरेको सवैभन्दा पहिलो काम ओबामाकेयर फिर्ता गर्ने विधेयकमा हस्ताक्षर बनेको थियो ।

ह्वाइट हाउसको वेबसाइटमा जलवायु परिवर्तनसम्बन्धी योजना पनि हटाईएको छ । संसारभर फैलिएको इस्लामिक आतंकवाद ध्यस्त गर्न आह्वान गरेका छन । एक चीन नितिलाई परिवर्तन गर्ने लक्ष्य लिएका छन । सधैभरी शक्तिशाली बनाई आफ्नो अधिपत्व विश्वमाझ जमाउने, बढ्दैं गएको आप्रवासी समस्या समाधानतिर लाग्ने, रोजगारीलाई उच्च प्रथमिकता दिने र मुसलमानबाट देश असुरक्षित भएकाले सीमामा पर्खाल लगाई जातीयताको मुद्दालाई चुनावी मुद्दा बनाएर विजय हासिल गरेका डोनाल्ड क्रमबद्धरुपमा ती मुद्दाहरुलाई कार्यान्वन गदैं जाने बताएका छन । उनले गर्ने कामहरुको कडारुपमा प्रतिवाद महिलाहरुले गरिरहेका छन । शपथग्रहणको समयमै लाखौं महिलाहरुले प्रदर्शन गरेका छन, भने अहिले पनि त्यो प्रदर्शनको क्रम रोकिएको छैन । अमेरिका मात्र नभएर वेलायत लगाएन अन्य देशहरुमा पनि महिलाहरुको अगुवामा प्रदर्शनहरु जारी छन । डोनाल्डको पहिलो भाषणमै अमेरिकी सेना असन्तुष्ट देखिएको थियो ।

यतिमात्र हैन सञ्चारमाध्यमले डोनाल्डको भाषण सुन्न कम भएको उपस्थितिको दृश्यहरु देखाईएको भन्दैं ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले आलोचना गरेका छन । राष्ट्रपतिप्रति संचारमध्यमको सम्बन्ध पनि विग्रीदै गएको छ । शक्तिराष्ट्र जर्मन, फ्रान्स, इटाली लगाएतका अन्य युरोपेली देशकोमा निराशा आएको छ । यसरी हेर्दा डोनाल्डले अघि बढाएका क्रियाकलापले विश्वको चासोको विषय बनाएको छन । आउँदा दिनमा उनले आफ्नो कार्यलाई यहि रफ्तारमा अघि बढाउँदै जानेहुन भने हाम्रो देशमा महेन्द्रले अपनाएको तानाशाह जस्तै हुनेछ । जसरी महेन्द्रको एउटा काण्डको रुपमा लिएको छ, त्यसै गरी डोनाल्डको काण्ड हुने छ । त्यसैले समयमै बुद्धी पुर्याउनु डोनाल्डको महान कार्य हुने छ । विश्वको इतिहास साँक्षी छ, देशको कानून भनेका जनता हुँन । जनताविनाको कानून हुदैंन संसारमा सवैको जन्म हुन्छ, तर सिमितको मात्र इतिहास हुन्छ । (लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन । ) 

तपाईको प्रतिक्रिया